२०८० आश्विन १५ सोमबार

मानसिक रोगी शिवाकोटीको उद्धार: आफ्नो घर आश्रम नेपालमा पुर्‍याइयो

नवेश गुरुङ, बिर्तामोड, २६ साउन । झापा गाउँपालिका–६ स्थित हनुमान चोकका २० वर्षीय राहुल शिवाकोटीको उद्धार गरिएको छ ।

मानसिक रोगबाट ग्रसित शिवाकोटी विगत केही महिनादेखि आफन्तजनबाट टाढिएर जङ्गल छेउमा कष्टकर जीवन बिताइरहेकोमा उनलाई उद्धार गरिएको हो ।

उनलाई झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु विमली थपलिया, सामाजिक अभियन्ता विष्णु आचार्य, मोहन पोख्रेल, मोहन मैनाली, मिडियाकर्मी सन्तोष अग्रवाल, काजी राउत लगायतको पहलमा उद्धार गरिएको थियो ।

उपचार हुँदै

उद्धार गरी उपचारपछि हाल भक्तपुरस्थित आफ्नो घर आश्रम नेपाल पुर्‍याइएको सामाजिक अभियन्ता विष्णु आचार्यले जानकारी दिनुभयो । मानसिक रोगबाट ग्रसित शिवाकोटीको परिवारमा बुवाले अर्की श्रीमती लिएर बेपत्ता भएको र उनको आमा पनि मानसिक असन्तुलन गुमाई कनकाई नगरपालिकास्थित माइती घर माइधारमा रहदै आएको बुझिएको छ ।

उपचारपछि

मानसिक रोगी शिवाकोटीलाई परिवार, आफन्तबाट उचित हेरचाह नहुँदा केही समय जाँडरक्सी र चुरोटको कुलतमा समेत रहेको बताइएको छ । शिवाकोटीको उपचारमा बिर्तासिटी अस्पताल बिर्तामोडले सहयोग गरेको छ । अस्पतालका सञ्चालक एवम् सामाजिक व्यक्तित्व गोपालकुमार बस्नेत, सम्बन्धित डाक्टर, फार्मेसी सञ्चालक राकेश शाह लगायतले शिवाकोटीको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको सामाजिक अभियन्ता आर्चायले बताउनुभयो ।

२०८० श्रावण २६, शुक्रबार प्रकाशित 0 Minutes 117 Views

ताजा समाचार