विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले प्रदेशको नामाकरण विषयमा उठेका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।
शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री थापाले प्रदेशको नाममा उठेका सबै प्रश्नहरू माग र मुद्दालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताका हुन् ।
प्रदेशको नामाकरण परिवर्तनका लागि संविधानत: र वार्ताद्वारा हल गर्नेतर्फ गठबन्धन दलहरू उन्मुख रहेको मुख्यमन्त्री थापाले प्रष्ट पारे ।
विश्वासको मतका लागि दलहरूबीच छलफल सुरू हुने मुख्यमन्त्री थापाले जानकारी दिए । गठबन्धन दलको बैठकबाट विश्वासको मत लिने मिति र रणनीतिबारे प्रक्रिया थालनी हुने उनको भनाइ छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी (जसपा) चाँडै सरकारमा सहभागी हुने दावी गरे।
जसपा प्रदेश नामाकरणका क्रममा पहिचानको पक्षमा उभिदै आएको छ।