२०८३ जेष्ठ २९ शुक्रबार

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण: सांसद शर्मासहित अहिलेसम्म पाँच जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्।

उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्।

उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ। अहिले पनि सिआइबीको अपरेसन जारी छ।

यसअघि बिहीबार दिउँसो सिआइबी टोलीले काठमाडौंको गल्फुटारबाट सांसद शर्मालाई पक्राउ गरेको थियो। शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले अनुसन्धान गरी पाऊँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले बिहीबार अपरेसन चलाएको थियो।

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

२०८० श्रावण २५, बिहीबार प्रकाशित 1 Minute 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।