२०८३ जेष्ठ २९ शुक्रबार

एक अर्ब घट्यो विद्युत प्राधिकरणको नाफा

नेपाल विद्युत प्राधिकरणको नाफामा एक अर्ब चार करोडले गिरावट आएको छ।

आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड रूपैयाँ थियो। २०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

२०७९/८० मा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएर नाफामा गिरावट आएको  घिसिङको भनाई छ।

‘बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा तथा आन्तरिक माग धान्न विद्युत आयात केही मात्रामा बढ्दा नाफा प्रभावित भएको छ,’ उनले भने।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघिको तुलनामा भने बढेको जनाएको छ। यस्तो आम्दानी दुई वर्षअघिको तुलनामा ८१ अर्ब रूपैयाँ थियो। अहिले बढेर एक अर्ब १८ अर्ब पुगेको घिसिङले जानकारी दिए।

प्राधिकरणको संचित नाफा दुई वर्षमा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको उनले बताए।

२०८० श्रावण २५, बिहीबार प्रकाशित 0 Minutes 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।