२०८१ आश्विन २८ सोमबार

कारागारमा कैदीको शङ्कास्पद मृत्युः प्रहरीबाटै मारिएको हुनसक्ने आफन्तकाे शंका

 सङ्खुवासभा । सङ्खुवासभामा जिल्ला कारागार कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।

चोरी मुद्दामा सजाय भोगिरहेका नुवाकोट घर भई हाल खाँदबारी–९ का आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा जिल्ला मादी नगरपालिका–५ का बिनोद तोलांगीको बुधबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।

अर्ध चेत रहेका दुवै जनाको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिए लगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केही बेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयले राजनैतिक दल, पत्रकार लगायतलाई घटना बारे जानकारी गराएको हो ।

तर मृतकका आफन्तले प्रहरीबाट नै मारिएको आरोप लगाएका छन् । दोषी सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरूको भनाई छ ।

उक्त घटना अनुसन्धानका लागि ९ जना कैदीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी बिरेन्द्र गोदारले जानकारी दिए ।

हाल कारागार सुरक्षामा राखिएको प्रहरीहरू परिवर्तन गरिएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरीले कारागारको हाल कडा निगरानी गरिरहेको जनाएको छ ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिले १० दिनमा प्रतिवेदन बुझाउने छ  ।

२०८० श्रावण २४, बुधबार प्रकाशित 0 Minutes 238 Views

ताजा समाचार