२०८० आश्विन १५ सोमबार

मेचीनगरमा मोबाइल चोरी गर्दागर्दै एक युवकलाई स्थानीयले समाते

मेचीनगर  । झापाको मेचीनगर–१४ बाट चोरी गर्दागर्दै गरेको अवस्थाबाट एक स्थानीय युवा पक्राउ परेका छन् । मङ्गलवार राती ४ जनाको सङ्ख्यामा प्रगति टोलको गायत्री भेनियर भित्र प्रवेश गरी मोबाइल चोरी गर्दागर्दै गरेको अवस्थामा युवक पक्राउ परेका हुन् । भेनियरका कर्मचारीले ती युवकलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर राखेका थिए । बुधवार बिहान प्रहरी चौकी चारआलीको टोलीलाई बोलाएर जिम्मा लगाएका थिए ।

पक्राउ पर्नेमा मेचीनगर–१४ का १७ वर्षीय भरत राजवंशी रहेको प्रहरीले जनाएको छ । राजवंशीसँगै प्रवेश गरेका अन्य ३ जना भने फरार छन् । पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मेचीनगरका विभिन्न टोलमा चोरीका घटना बढेको छ । गाउँ टोलमा सुरक्षा दिन इलाका प्रहरी कार्यालय धुलाबारीले रात्रिकालीन गस्ती गर्दै आएको बताएको छ ।  स्थानीयको मोटरसाइकल, सुनको सिक्री, मोबाइल, साइकल, खसी–बाख्रा, पानी तान्ने मोटर, जडित मिटरसहित धारा, घुम्ती फोरेर सामान, थालबोटुका चोरीको भएको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । प्रहरीका अनुसार चोरीको पहिले भन्दा घटेको छ ।  दुले चोरका घटनामा प्रायः लागु औषध प्रयोगकर्ता संलग्न भएको पाइएको प्रहरीको भनाई छ ।

२०८० श्रावण २४, बुधबार प्रकाशित 0 Minutes 529 Views

ताजा समाचार