२०८१ असार ४ सोमबार

इटहरीको तरहरास्थित होम्स नजिकै बस पल्टिदा कम्तिमा १३ जना घाइते

तरहरा । इटहरीको तरहरास्थित होम्स नजिकै बस पल्टिदा १३ जना घाइते भएका छन् ।

मंगलबार बिहान धरानबाट काँकडभिट्टा हिँडेको  मे १ ख २७४० नम्बरको बस  डिभाइडरमा ठोक्किएर पटिएको हो । बस पल्टिदा १३ जना धन्दा बढी घाइते भएको ट्राफिक प्रहरी पोस्ट तरहराका हवलदार तीर्थ पराजुलीले बताएका छन् ।

उनका अनुसार घाइते मध्येका  दुई जनाको अवस्था गम्भीर  रहेको छ ।  घाइतेहरूलाई उद्धार गरी धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी ल्याइएको पराजुलीले बताएका छन् । दुर्घटनापछि बसका चालक, सहचालक पनि तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको  छ ।

दुर्घटनाको कारण बस तीव्र गतिमा रहेकोले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने  अनुमान गरिएको छ ।

२०८० श्रावण २३, मंगलवार प्रकाशित 0 Minutes 249 Views

ताजा समाचार