२०८१ बैशाख १४ शुक्रबार

झापाको बुधबारेबाट तीन जना सडक बालकको उद्धार

बुद्धशान्ति । बुधबारेबाट तीन जना सडक बालकको उद्धार गरिएको छ।  उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा ती बालकहरू बेवारिसे अवस्थामा फेला परेका थिए।  आफन्तविहीन ती बालकहरूलाई इलाका प्रहरी कार्यालय बुधबारे, स्थानीय जनप्रतिनिधि र स्थानीय पत्रकारको सहयोगमा उद्धार गरी बालबालिका खोज तलास समन्वय केन्द्र विराटनगरबाट खटिएका प्रहरी सहायक निरीक्षक (असई) नारायण कटुवालको जिम्मा लगाइएको छ।  तीनै जना बालकलाई सुनसरीको इटहरीस्थित अस्थायी संरक्षण केन्द्रमा लगेर राख्ने जनाइएको छ।

२०७९ पुष १७, आईतवार प्रकाशित 1 Minute 413 Views

ताजा समाचार