मेचीनगर। कोशी प्रदेशमा बुधबार सार्वजनिक विदा दिइएको छ।
प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा बुधबार सार्वजनिक विदा रहने उल्लेख छ ।

विश्व आदिवासी तथा जनजाती दिवसको अवसरमा साउन २४ गते प्रदेशभर विदा दिइने गत वर्षको चैतमा प्रकाशित राजपत्रमा जनाएको छ ।
नेपाल सरकारले दिएका विदाका अतिरिक्त कोशी प्रदेशमा आउँदो बुधबार, राधाकृष्ण रथयात्राको अवसरमा भदौ २१ गते बिहीबार, ऋषिपन्चमीमा असोज २ गते मंगलबार(महिलालाई विदा), फाल्गुनन्द जयन्तीमा कात्तिक २५ गते शनिबार तथा छठको समापनमा मंसिर ४ सोमबार विदा दिइएको छ ।
#हेर्नुस_राजपत्र :

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



