बिराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार उनले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् ।
प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि केन्द्रले कार्यान्वयन नगरेकाले प्रदेश संरचनाको ओैचित्य पुष्टि हुन नसकेको नेम्वाङले बताए । ‘ मन्त्रिमण्डल गठन , विघठन, प्रदेश सरकार निर्माण लगायत बिषयमा मात्र होइन, आफ्नै प्रदेशबाट केन्द्रीय समितिमा प्रस्ताव गरिने नाम समेतमा प्रदेश कमिटीलाई अत्तोपत्तो नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम ?’ उनले प्रश्न गरे ।
नेम्वाङले अगाडि भने, ‘प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार नहुने भएपछि यसलाई खारेज गरौं ।’ अनलाइन खबर