२०८० आश्विन १५ सोमबार

कोशी प्रदेशमा २८१ प्रहरी कारबाहीमा, एक हजार ९५८ पुरस्कृत

झापा । कोशी प्रदेशमा गत वर्ष २८१ प्रहरी विभागीय कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७९/०८० मा आचरणविपरीत कार्य गर्ने २८१ जना विभागीय कारबाहीमा परेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कारबाहीमा पर्नेमा चारजना निरीक्षक, एक वरिष्ठ नायब निरीक्षक, ९ नायब निरीक्षक र २६ सहायक निरीक्षक छन् ।

यसैगरी, १० वरिष्ठ हवल्दार, ६३ हवल्दार र ५२ सहायक हवल्दार कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेहरुमा १०७ जना प्रहरी जवान र ९ जना कार्यालय सहायक  छन्।

सो अवधिमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने एक हजार ९५८ प्रहरी पुरस्कृत भएका छन्। पुरस्कृत हुनेहरुमा २ वरिष्ठ उपरीक्षक, ११ उपरीक्षक, ४८ नायब उपरीक्षक र १२८ प्रहरी निरीक्षक छन्। यसैगरी १४१ नायब निरीक्षक, २ सय ५० सहायक निरीक्षक र १२५ बरिष्ठ हबल्दार पनि पुरस्कृत भएका छन्। पुरस्कृत हुने अन्य प्रहरीहरुमा  २२६ हवल्दार, ३३० सहायक हवल्दार, ५३२ प्रहरी जवान र ९ कार्यालय सहायक रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

२०८० श्रावण २०, शनिबार प्रकाशित 0 Minutes 91 Views

ताजा समाचार