२०८१ आश्विन ४ शुक्रबार

डेंगु नियन्त्रण गर्न नागरिक पनि सचेत हुन जरुरी छ : वडा अध्यक्ष तामाङ

काँकरभिट्टा । डेंगु नियन्त्रणका लागि मेचीनगर वडा नं ६ ले लामखुट्टेको लार्भा मान्ने अभियान शुरू गरेको छ ।

शुक्रबार वडाध्यक्ष ललित बहादुर तामाङको अगुवाइमा वडाका जोखिम स्थानको पहिचान गरि लार्भा नस्टसँगै स्थानियलाई सचेत गराइएको अध्यक्ष तामाङले बताए ।

अभियानमा वडा सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, आमा समूह, नगर प्रहरी र स्थानिय वडावासीको सहभागिता रहेको थियो ।
डेंगु संक्रमितको संख्या बड्दै गएपछि तीनै तहका सरकारले नियन्त्रणका लागि अभियान शुरू गरेका छन् ।

अध्यक्ष तामाङले डेंगुबाट हुने संक्रमण नियन्त्रणका लागि सचेत रहन वडाबासीहरुलाई आग्रहसमेत गरेको छन् । वडाअध्यक्ष तामाङले भने- यो संक्रमण हो, यसबाट बच्न सामान्य सतर्कताले पनि सहयोग पुग्छ । त्यसका लागि स्थानीय तह मात्रैको पहलले पुग्दैन् । हरेक नागरिकले आवश्यक ध्यानदिनु पर्ने हुन्छ र मात्र नियन्त्रणसँगै मानवीय क्षेतीबाट बच्न सकिन्छ ।

हालसम्म झापामा २ सय ३८ जनामा डेंगु संक्रमण देखिएको छ ।

२०८० श्रावण १९, शुक्रबार प्रकाशित 1 Minute 611 Views

ताजा समाचार