मेचीनगर । एन प्याबसन प्रदेश नम्बर १ समितिले आयोजना गरेको लोकनृत्य प्रतियोगिताको उपाधि झापा धुलाबारीको इष्ट होराइजन माविले हात पारेको छ ।
इटहरीस्थित शिक्षादिप अंग्रेजी मावि परिसरमा आयोजना भएको प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा इष्ट होराइजन मावि प्रथम भएको हो ।

प्रतियोगितामा झापाबाट इष्ट होराइजनले प्रतिनिधित्व गरेको थियो ।
आगामी पुस २७ गते काठमाडौँमा हुने राष्ट्रियस्तरको लोकनृत्य प्रतियोगितामा इष्ट होराइजनले प्रदेशबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



