
मेचीनगर । एन प्याबसन प्रदेश नम्बर १ समितिले आयोजना गरेको लोकनृत्य प्रतियोगिताको उपाधि झापा धुलाबारीको इष्ट होराइजन माविले हात पारेको छ ।
इटहरीस्थित शिक्षादिप अंग्रेजी मावि परिसरमा आयोजना भएको प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा इष्ट होराइजन मावि प्रथम भएको हो ।

प्रतियोगितामा झापाबाट इष्ट होराइजनले प्रतिनिधित्व गरेको थियो ।
आगामी पुस २७ गते काठमाडौँमा हुने राष्ट्रियस्तरको लोकनृत्य प्रतियोगितामा इष्ट होराइजनले प्रदेशबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।
२०७९ पुष १७, आईतवार प्रकाशित
0 Minutes
376 Views