क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानमा सहयोग गर्ने उद्देश्यका साथ स्ववियु समितीले उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलको विकासमा समेत टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले बताए ।
खेल संयोजक योगेन्द्र खड्का (बरदान)का अनुसार भदौ १५ बाट शुरु हुने प्रतियोगितामा जिल्लाभरका २० वटा कलेज सहभागी हुने आँकलन गरिएको छ । प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार क्रमशः नगद ५० हजार र ३० हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।