२०८० आश्विन १५ सोमबार

मेची र विराटनगर भन्सार नाकाबाट १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात

झापा । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९र८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । उनले पूर्वी नाका काँकडभिट्टाबाट रु सात करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको जानकारी दिए ।

विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा रु छ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उनको भनाइ छ । कोशीका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ ।

अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकडभिट्टाबाट रु १७ करोड बढीको बन्दागोभी निर्यात भएको थियो । जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्याङ्कले देखाउँछ ।

२०८० श्रावण १७, बुधबार प्रकाशित 0 Minutes 147 Views

ताजा समाचार