२०८३ जेष्ठ २९ शुक्रबार

१९ जना जेष्ठ नागरिकलाई आजीवन सदस्यता

इटाभट्टा, १५ साउन । जेष्ठ नागरिक वडा समिति मेचीनगर-७ ले सोमबार आजीवन सदस्यताको प्रमाण पत्र वितरण तथा स्वास्थ्य शिविरको ब्यानर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं ७ को वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच १९ जना आजीवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

साथै, गत बैशाखमा जेष्ठ नागरिक वडा समितिले आयोजना गरेको स्वास्थ्य शिविरको झलक अंकित ब्यानर वडा कार्यालयमा बुझाइएको छ । समितिले बैशाख १९ देखि २७ गतेसम्म जेष्ठ नागरिकलाई लक्षित शिविर आयोजना गरेको थियो ।

जेष्ठ नागरिक वडा समिति मेचीनगर-७ का अध्यक्ष पिताम्बर शर्माको अध्यक्षता तथा जेष्ठ नागरिक मेचीनगर समिति अध्यक्ष अंगतबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, जेष्ठ नागरिक मेचीनगर समितिका उपाध्यक्ष हिम्मत क्षेत्री, नगर सचिव टिका न्यौपाने, जेष्ठ नागरिक अगुवा युद्धराज ओली, नेपाली कांग्रेसका मणिकुमार राजवंशी, एमालेका हिरामन राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता भेषराज ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेष्ठ नागरिक वडा समितिका उपाध्यक्ष प्रेमराज गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अमर परियारले गरेका थिए ।

२०८० श्रावण १५, सोमबार प्रकाशित 1 Minute 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।