भद्रपुर । साउन १५ सम्म झापामा ८५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष साउन १५ सम्म यस वर्षभन्दा बढी रोपाइँ भएको थियो ।ढिलोगरी मनसून शुरु भएको र बीचमा बढी वर्षा भएका कारण रोपाइँमा ढिलाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका चेतराज भण्डारीका अनुसार गत वर्षको तुलनामा केही कम रोपाइँ भएको हो । समयमै वर्षा सुरु नभएको र बीचमा लगातार वर्षा भएकाले गत वर्षको तुलनामा कम रोपाइँ गर्न सकिएको उनले बताए ।

झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



