२०८१ जेष्ठ ८ मंगलवार

नमुना टोल विकास संस्थाको १० औं साधारणसभामा जेष्ठ नागरिक सम्मान

काँकरभिट्टा । मेचीनगर ६ बर्मेली टोलस्थित नमुना टोल विकास संस्थाले १० औं वार्षिक साधारणसभाको अवसरमा २ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

शनिबार स्थानीय गणेश मन्दिरको परिषरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेचीनगर ६ का वडाअध्यक्ष ललितबहादुर तामाङ्गले समृद्ध समाज निमाणर्मा टोल विकास संस्थाको महत्वपूणर् भुमिका रहने बताए ।

प्रमुख अतिथि तामाङ्गले जेष्ठ नागरिक गोविन्द घिमिरे र देविका राईलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । संस्थाका अध्यक्ष रुपनारायण भट्टराईले टोल विकास संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल ६० घर सदस्य रहेको टोल विकास संस्था पाँच लाखबढि रकम बचत रहेको संस्थाको कोषाध्यक्ष बेदमाया ओझा खड्काले बताईन ।

कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, मेचीनगर वडा नं ६ न्यायिक समिति सदस्य बिटु गुरुङ्ग, सम्मानितर्फबाट गोबिन्द घिमिरेले शुभकामना मन्तव्य राखेको थिए ।

संस्थाको कोषाध्यक्ष बेदमाया ओझा खड्काले स्वागत मन्तव्यसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष रचना घिमिरे, भुपाल शिवाकोटी, कृष्णमाया भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

संस्थाले १५ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिसकेको अध्यक्ष रुपनारायण भट्टराईले बताए ।

२०८० श्रावण १३, शनिबार प्रकाशित 0 Minutes 217 Views

ताजा समाचार