बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । बिहीबार बिर्तामोडमा विविध बिषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकमा गत फागुन ९ गते कनकाईमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट चयन भएको राजु पाठक नेतृत्वको समितिले हालसम्म गरेका विभिन्न कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा उपस्थित सम्पूर्ण सहभागीहरुले आफ्ना धारणा साथै सुझाव राखेका थिए ।
संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउन भावी कार्ययोजना निर्माणको बिषयमा व्यापक छलफल भएको थियो । बैठकले डिकेश लामाको नेतृत्वमा राजु बराल र पार्थ मण्डल सदस्य रहेको तालिम तथा प्रशिक्षण उपसमिति, लिलाराज झापालीको संयोजकत्वमा प्रकाश उप्रेती र भेषराज नेपाल सदस्य रहेको अनुशासन उपसमिति, प्रकाश उप्रेती संयोजकत्वमा आइपी भट्टराई र भोला तिम्सिना सदस्य रहेको आर्थिक उपसमिति र झुलन रेग्मीको संयोजकत्वमा उद्धव पुरी र पुजन आचार्य सदस्य रहेको संगठन सुदृढीकरण उपसमिति गठन गरेको छ ।
निवर्तमान उपाध्यक्ष पार्थ मण्डल, चुडामणी तिम्सिना (सीएम), दिपक अधिकारी, उद्धव पुरी र राजु बराललाई प्रदेश समिति सदस्यका लागि सिफारिस गर्ने निर्णय भएको छ । भेषराज नेपाल (राजन)लाई जिल्ला समिति सदस्य मनोनयन गर्ने निर्णयसमेत भएको छ ।
बैठकमा सहभागी प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले पत्रकारहरुले प्रविधिको प्रयोगमा जोड दिनु पर्ने बताए । आफुलाई समयानुकूल बनाउँदै प्रविधिसँग साक्षात्कार गर्न सकेमात्र अगाडी बढ्न सकिनेमा लामाले जोड दिए ।
सेन्टरका केन्द्रीय सचिव तथा पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष विमल लामिछानेले बैठकमा उठेका सवालहरुमा आफ्ना धारणा राख्नुका साथै प्रश्नको जवाफ दिएका थिए । उनले संगठनलाई मजबुद बनाउन सबैले अनुशासन पालनामा ध्यान दिनुपर्ने धारणा राखे । झापाको संगठन एक ढिक्का भएर अगाडी बढेको भन्दै लामिछानेले खुशी व्यक्त गरे ।
अक्षय कोष निर्माणका लागि प्रदेश सदस्य आइपी भट्टराईले एघार हजार एक सय एघार हजार उपलब्ध गराउने घोषणा गरे ।
राजु पाठकको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण सचिव पुष्प खड्काले गरेका थिए ।
२०८० श्रावण ११, बिहीबार प्रकाशित
0 Minutes
179 Views