२०८३ जेष्ठ २९ शुक्रबार

गाैरादाहमा साढे २४ करोड ठगी प्रकरण : विश्वकर्मासँगै उनकी श्रीमती पनि पक्राउ

गौरादह । करोडौंको ठगी गर्ने झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विककी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गौरादह १ स्थित घरबाट हिजो विककी श्रीमती ४५ वर्षिया सुभद्रा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले अनुसन्धानका लागि विककी श्रीमतीलाई पक्राउ गरिएको जानकारी दिए । यसअघि ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी वि.क.गत साउन ४ गते साँझ काँकडभिट्टाबाट पक्राउ परेका थिए ।

स्थानीय मानिसहरुको रकम हिनामिना गरी गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका विकमाथि पीडितहरुको जाहेरी अनुसार असार २४गते ठगी मुद्दा दर्ता भएको थियो । उनी ‘मलाई नखोज्नु ’भन्दै सम्पर्कविहीन भएका थिए । गत असार १५ गते वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

२०८० श्रावण ११, बिहीबार प्रकाशित 0 Minutes 342 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।