२०८१ मंसिर २६ बुधबार

विश्वकप छनोटको प्रतिद्वन्द्वी आज टुंगो लाग्दै

काठमाडौं । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र आज हुँदैछ । ड्र मलेसियास्थित क्वालालम्पुरमा नेपाली समयअनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ ।

फिफा वरीयताका अनुसार एसियामा रहेका पुछारका २० टोलीले प्रारम्भिक प्लेअफ छनोट खेल्नुपर्नेछ । नेपालसहित २० राष्ट्रले होम एण्ड अवेको आधारमा प्लेअफ पार गरेपछि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोली सहित कुल ३६ टोलीलाई ४-४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी टोलीलाई दुई पटमा विभाजन गरिएको छ । पट १ मा २७ देखि ३६ स्थानको टोली छन् भने पट २ मा ३७ देखि ४६ स्थानका टोली हुनेछन् । पट १ का टोलीले पट २ को टोलीको सामना गर्नुपर्नेछ ।

पट १ – हङकङ, इन्डोनेसिया, चाइनिज ताइपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार, नेपाल, कम्बोडिया

पट २ – मकाउ, मंगोलिया, भुटान, लाओस, बंगलादेश, ब्रुनाई, टिमोर-लेस्टे, पाकिस्तान, गुआम र श्रीलंका

नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि यसअघि नै प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । उनले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेका थिए । (हाम्रो खेलकुद)

२०८० श्रावण ११, बिहीबार प्रकाशित 1 Minute 201 Views

ताजा समाचार