२०८१ माघ ६ आईतवार

झापामा लापसे गरी सवारीसाधन चलाउने तीन चालक प्रहरी नियन्त्रणमा

मेचीनगर । लागु औषध सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले बुधवार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-७ स्थित प्यारीभिट्टामा सवारीसाधनको लापसे चेकजाँच गर्ने क्रममा लागु औषध सेवन गरी सवारी चलाउने तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाएको छ । लापसे चेकजाँचमा जिल्ला ट्राफिक, इप्रका काँकडभिट्टा, ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टा, यातायात व्यवसायी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सवारीसाधन चलाउने चालकहरूलाई घटनास्थलमै लापसे जाँच गराउँदा तीन जना चालकले सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा लापसे अभियानमा लागि परेको बताइएको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान गरिएका प्रेस हर्न समेत जफत गरेका थिए ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारती, ट्राफिक पोष्ट काँकरभिट्टाका इञ्चार्ज लिला श्रेष्ठ, नेपाल यातायात स्वातन्त्र मजदुर संघका अध्यक्ष राजकुमार सुवेदी, मेची बस व्यवसायी प्रा.ली. का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

२०८० श्रावण १०, बुधबार प्रकाशित 1 Minute 732 Views

ताजा समाचार