२०८३ जेष्ठ २१ बिहीबार

डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो, तीनजनाको मृत्यु

काठमाडौं । सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या चार हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २४ सम्म संक्रमितको संख्या चार हजार २८९ पुगेको छ । यो अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।

६९ जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका छन् । यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एक सयभन्दा माथि छ ।

काठमाडौं उपत्याकाका तीन जिल्लामा गरी १४४ जना संक्रमित भएका छन् ।

गत वर्षजस्तै डेंगुको अवस्था भयावह हुन नदिन सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना तयार पारेको छ । जसमा तीनै तहका सरकारको समन्वयमा डेंगीको निगरानी प्रणाली चुस्त बनाउने, परीक्षण र उपचारको पूर्वतयारी बलियो बनाउनेजस्ता योजना बनाइएको छ ।

२०८० श्रावण १०, बुधबार प्रकाशित 0 Minutes 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।