झापा । झापामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुने झापा गाउँपालिका- १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाल-भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अन्दाजी १२ बजे बालक खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । बिर्तासिटी पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



