२०८० आश्विन १५ सोमबार

झापामा पानी जमेको खाल्डोमा खेल्ने क्रममा एक बालकको मृत्यु

झापा । झापामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुने झापा गाउँपालिका- १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नेपाल-भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  आइतबार अन्दाजी १२ बजे बालक खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटी पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

२०८० श्रावण ८, सोमबार प्रकाशित 1 Minute 186 Views

ताजा समाचार