२०८१ असार ६ बुधबार

बिर्तामोडमा एक नाबालकको रहस्यमय मृत्यु

बिर्तामोड । बिर्तामोड नगरपालिका- ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । थप अनुसन्धानका लागि प्रहरीले पोस्टमार्टमका लागि नाबालकको शव धरान घोपा पठाएको छ ।

बिर्तामोड ७ नम्बर वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ ।

दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले जानकारी दिए । आमा सम्पर्क विहीन भएपछि बुबासँगै बस्दै आएका नाबालकको आज राती निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा कमिला धेरै कमिला देखिएको बताइएको छ ।

२०८० श्रावण ८, सोमबार प्रकाशित 1 Minute 228 Views

ताजा समाचार