२०८० आश्विन १५ सोमबार

धुलाबारी जुनियर जेसिजको आयोजनमा शाखा अध्यक्षहरुको २ दिने भेला सम्पन्न

धुलाबारी । धुलाबारी जूनियर जेसिजको आयोजनमा पहिलो पटक शाखा अध्यक्षहरुको २ दिने भेला सम्पन्न भएको छ । नेपाल जेसीज राष्ट्रिय जुनियर जेसीज प्रेसिडेन्ट मिट २०२३ सम्पन्न भएको छ । भेला कन्याम, इलामको होटल होस्मामा आयोजना भएको हो ।

कार्यक्रमको तालिका अनुसार प्रशिक्षण कार्यक्रम, अध्यक्षहरुको बैठक, मनोरञ्जन साँझ, कन्यामको दृश्यावलोकन लगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता धूलाबारी जूनियर जेसिजका अध्यक्ष जु.जेसी आर्यन पौडेलले गरेका थिए भने प्रमुख अतिथिको रूपमा राष्ट्रिय जुनियर जेसीज संयोजक जु.जेसी रशिक शाक्य रहेका थिए । कार्यक्रममा क्षेत्र “क“ संयोजक जु.जेसी विवेक घिमिरे, क्षेत्र “ग“ संयोजक जु.जेसी मनिष ढकाल, धूलाबारी जूनियर जेसिजका संस्थापक अध्यक्ष जेसी सुलभ भण्डारी, पूर्व अध्यक्ष जेसी शैलेश गौतम, निवर्तमान अध्यक्ष जेसी सचेत घिमिरे , मातृ शाखाका प्रतिनिधिहरू विभिन्न शाखाका अध्यक्ष, पदाधिकारीलगायतको उपस्थित रहेको थियो ।

नेतृत्व र भातृत्व विकास गर्ने मूल उद्वेश्यको साथ आयोजना गरिएको भेलामा कार्यक्रम तालिका अनुसार नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जेसी राजिब प्रसाईँले “ Master of Ceremony“ विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमलाई निर्वतामन अध्यक्ष सचेत घिमिरेले स्वागत गरेको कार्यक्रममा सञ्चालन संस्थाको महासचिव जु.जेसी रूकसना शिवाकोटी गरेका थिइन् ।

२०८० श्रावण ८, सोमबार प्रकाशित 1 Minute 189 Views

ताजा समाचार