२०८१ श्रावण ४ शुक्रबार

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट दीपक अधिकारी पुरस्कृत

झापा । प्रेस सेन्टर नेपाल झापाले देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार आइतबार वितरण गरेको छ । प्रेस सेन्टरले झापाले बिर्तामोडमा एक समारोहकाबीच पत्रकार दीपक अधिकारीलाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

कोशी प्रदेश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरेका हुन् । नौलो आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक समेत रहेका अधिकारीलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा देवकुमार आचार्यको चर्चा प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेले गरेको कार्यक्रममा पुरस्कृत पत्रकार अधिकारीको चर्चा सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, सेन्टरका कोशी प्रदेश अध्यक्ष विनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रीय सदस्य सरूँ न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), पार्टीका झापा सह–इन्चार्ज सिपी कडरिया, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापाका विभिन्न पत्रकारजन्य संघ/संगठनका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष होमप्रकाश अधिकारीले राखेको कार्यक्रमको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

२०८० श्रावण ७, आईतवार प्रकाशित 0 Minutes 133 Views

ताजा समाचार