२०८१ चैत्र ४ सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, यसकारण बढिरहेको छ लगातार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको यसअघिको मूल्यलाई ‘ब्रेक’ गर्दै नयाँ रेकर्ड बनाएको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि, गएको जेठ १९ गते छापावाल सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु, भन्सार बढ्नुलगायत कारणले नेपाली बजारमा सुनको मूल्यवृद्धि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बाह्रखरीलाई बताए ।

अरू क्षेत्र विश्वासिलो नहुँदा लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित देखिएका उनको भनाइ छ । त्यसले गर्दा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको शाक्यले जानकारी दिए ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलाको एक हजार ४९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

२०८० श्रावण ४, बिहीबार प्रकाशित 0 Minutes 153 Views

ताजा समाचार