२०८१ असार ६ बुधबार

नेपाल जुनियर जेसीज अध्यक्ष भेला साउन ५ र ६ गते

धुलाबारी । धुलाबारी जुनियर जेसिजको आयोजनामा नेपाल जेसीजको जुनियर जेसीज अध्यक्ष भेला कन्याम, इलाममा सम्पन्न हुने भएको छ ।

कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय जुनियर जेसीजका ४ वटा क्षेत्रका क्षेत्रीय संयोजक, नेपाल भरी वर्ष २०२३ का जुनियर जेसीज शाखाका अध्यक्ष, पूर्व अध्यक्षलगायत वर्तमान पदाधिकारीको सहभागी हुने कुरा आतिथ्य शाखाका अध्यक्ष आर्यन पौडेलले बताए ।

जेसीजका शाखा अध्यक्ष तथा पदाधिकारीहरु बीच भातृत्व स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । साथै, नेतृत्व विकास तथा क्षमता अभिवृद्धीका लागि कार्यक्रम तालिकामा तालिमसमेत सञ्चालन गरिने पौडेलले बताए ।

पुर्वमा अत्याधिक रुचाइएको पर्यटकीय गन्तव्य कन्याम,इलामको प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम होटल होस्मा, कन्याममा आयोजना हुँदै छ ।

२०८० श्रावण ४, बिहीबार प्रकाशित 0 Minutes 333 Views

ताजा समाचार