
झापा । हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
गएराति करिब २ बजे हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्। सोही क्रममा हात्तीले आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ पुष १७, आईतवार प्रकाशित
0 Minutes
1159 Views