झापा । हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
गएराति करिब २ बजे हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्। सोही क्रममा हात्तीले आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



