
मेचीनगर, असार २ । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याण्कारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ ।
मंगलबार बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निणर्य गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले बताए । सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट रु. ७०० रकम योगदान गराउने निणर्य स्थगन गरिएको उनले जानकारी दिए ।

साथै, सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिनेसमेत उनले जानकारी दिएका छन् ।
२०८० श्रावण २, मंगलवार प्रकाशित
0 Minutes
343 Views