२०८० फाल्गुन ११ शुक्रबार

मनकामना कलेजकी छात्राले गरिन् आत्महत्या

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजको बीएड तेस्रो वर्षमा अध्ययनरत एक जेहेन्दार छात्राले आत्महत्या गरेकी छन् । इलाम सूर्योदय नगरपालिकाको लक्ष्मीपुर घर भएकी २४ वर्षीया सम्झना राईले आत्महत्या गरेकी हुन् । मङ्गलवार बिहान ११ बजे बिर्तामोड १ स्थित आफू बस्दै आएको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आफूले आफूलाई प्रमाणित गरेर देखाउनुपर्छ भनेर सामाजिक सञ्जालमा उनले स्ट्याटस पोस्ट गरेकी थिइन् । मृतक सम्झना कलेजकै स्मार्ट ,खेलकुदमा दक्खल भएकी र जेहेन्दार विद्यार्थी रहेको हेड अफ डिपार्ट कुमार थपलियाले बताए ।

२०८० श्रावण २, मंगलवार प्रकाशित 0 Minutes 233 Views

ताजा समाचार