२०८३ जेष्ठ २९ शुक्रबार

लेबल नलगाएको वस्तु साउन १ देखि जफत हुन्छ : मेची भन्सार प्रमुख रेग्मी

काँकरभिट्टा । भन्सार विभागले साउन १ गते (आज) देखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन अनिवार्य गरिएको छ ।

आर्थिक विधेयक २०८० ले पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने व्यवस्था गरेको छ ।

“प्रस्तुत सन्दर्भमा विधेयकको उल्लिखित दफा १८ को उपदफा (४) मा २०८० साल साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने उल्लेख गरिएको मेची भन्सार कार्यालयका प्रमुख अधिकृत रामप्रसाद रेग्मीले बताए ।”

यस विषयमा विभागले विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य संघ, स्थानीय तह, प्रशासनलगायत सरोकारवाला निकायहरुलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि नै गराइसकेको उनले बताए ।

सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा सामान ल्याएर बिक्रीवितरण गर्ने गरिएको उनको भनाइ छ । उक्त गैरकानुनी कार्यलाई निरुत्साहित गर्न भन्सारले आर्थिक विधेयकमार्फत नयाँ व्यवस्था गरेको हो ।

आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पुर्ण विवरणसहितको लेबल लगाइएको छ कि छैन भनेर बाणिज्य विभाग, गुणस्तर तथा नापतौल कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायतले अनुगमन गर्नसक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

यसरी वस्तु आयात गर्दा उपभोक्ताले कस्तो वस्तु प्रयोग गरिरहेको छु भनेर हेर्न सक्ने र कालोबजारीसमेत कम हुने विश्वास भन्सार विभागको छ ।

२०८० श्रावण १, सोमबार प्रकाशित 0 Minutes 439 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।