२०८१ श्रावण ८ मंगलवार

झापाको माई खोलामा डुबेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

शिवसताक्षी । शिवसताक्षी नगरपालिका- १० स्थित माई खोलामा डुबेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । माई खोलामा मृत अवस्थामा भेटिएका व्यक्ति शिबसताक्षी नगरपालिका-८ बस्ने अन्दाजी ९० वर्षीया वृद्ध टेकबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रेष्ठको शवको पहिचान उनका नाति ३८ वर्षीय दिलबहादुर श्रेष्ठले गरेको प्रहरीले जनाएको छ । हिजो साँझ ६ बजे शिवसताक्षी १० स्थित माई खोलाको बीचमा घोप्टो परेको श्रेष्ठको शव डुबिरहेको अवस्थामा फेला परेको थियो । शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको जनाइएको छ ।

२०८० असार ३१, आईतवार प्रकाशित 1 Minute 252 Views

ताजा समाचार