२०८० फाल्गुन २१ सोमबार

एनएमसी सहकारी : पद हस्तान्तरण तथा नयाँ नेतृत्वलाई सपथ

मेचीनगर, असार ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को नयाँ सञ्चालक समितिलाई पदभार हस्तारन्तरण गरिएको छ । संस्थाले शनिबार आठौँ सञ्चालक समिति तथा लेखा सुपरीबेक्षण समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरी नयाँ सञ्चालक समितिलाई पदभार हस्तान्तरण गरेको हो ।

२०७६ साउन १ गतेबाट कार्यभार ग्रहण गरेका सातौँ सञ्चालक समितिले आजबाट औपचारिक रूपमा आफ्नो जिम्मेबारी नवनिर्वाचित सञ्चालक समितिलाई हस्तान्तरण गरेको हो ।

संस्थाका नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे , उपाध्यक्ष विष्णु गौतम, सचिव बिकासप्रसाद उपे्रती र सहसचिव अम्बिका प्रसाद ढकालले आजबाट पदभार ग्रहण गरेका छन् ।

त्यस्तै, सदस्यहरु राजु उप्रेती, पवित्रा न्यौपाने , हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, तोमप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ ,दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनालीले पनि कार्यभार सम्हालेका छन् । त्यस्तै, नवनिर्वाचित लेखा समितीको संयोजक रचना दाहाल तथा सदस्यहरु एकेन्द्र उप्रेती र फाल्गुनी दाहालले पनि पदभार ग्रहण गरेका छन् ।

संस्थाको गत २०७९ पुस २ गते सम्पन्न साधारणसभाबाट गठित निर्वाचन समितिद्वारा निर्वाचन सम्पन्न भई नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति गठन भएको थियो । पदस्थापन कार्यक्रममा सातौँ सञ्चालक समितिले आफनो कार्यकालको समिक्षात्मक प्रतिवेदन र निर्वाचन समितिले निर्वाचन प्रतिवेदन प्रस्तुत गरेको थियो ।

२०८० असार ३०, शनिबार प्रकाशित 0 Minutes 206 Views

ताजा समाचार