२०८० फाल्गुन १६ बुधबार

धुलाबारी सेफ्टी ट्यांकीमा डुबेर गम्भिर बनेका बालकको उपचारका क्रममा मृत्यु

मेचीनगर, असार २६ । मेचीनगर-१० धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ ।

धुलाबारीस्थित पूर्व-पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर-१० का तान्छोक लिम्बुको उपचारका क्रममा भरखरै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल मावोहाङले जानकारी दिए ।

उनका अनुसार बालकको मृत्यु भएपनि परिवारले शव बुझ्न मानेको छैन ।

२०८० असार २६, मंगलवार प्रकाशित 1 Minute 991 Views

ताजा समाचार