२०८१ भाद्र २६ बुधबार

धुलाबारीको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर

मेचीनगर, असार २५ । मेचीनगर-१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् ।

धुलाबारीस्थित पूर्व-पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर-१० ओम शान्तिका तान्चोक लिम्बू गम्भीर घाइते बनेका हुन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज दिउँसो साडे १२ बजे खाजा खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्रेलले बताइन् । मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ ।

सेफ्टी ट्यांकीमाथी मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर−१० का वडाध्यक्ष नारायण खनालले बताए ।

‘ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई छ,’ उनले भने ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

२०८० असार २५, सोमबार प्रकाशित 1 Minute 6490 Views

ताजा समाचार