२०८० आश्विन १० बुधबार

संसद खुलाउन सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

सिंहदरबारमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल जारी छ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको हो।

उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ।

उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ।

२०८० असार २४, आईतवार प्रकाशित 0 Minutes 52 Views

ताजा समाचार