२०८१ असार ४ सोमबार

झापामा हात्ती आतङ्क : बिर्तामोडमा घर र विद्यालय भत्कायो

बिर्तामोड । लगातार दुःख दिँदै आएको जङ्गली हात्तीले गएराति बिर्तामोड- ७ मा घर र विद्यालयमा क्षति पुर्‍याएको छ । तीनदेखि पाँच वटाको समूहमा आएका हात्तीले स्थानीय रमेश श्रेष्ठको मकै सखाप पारेको छ भने दुर्गा राईको घर भत्काएर क्षति गरेको छ ।

त्यस्तै सोही हात्ती समूहले कन्चन इङ्लिस स्कुलको क्यान्टिनको वाल भत्काएको विद्यालयका शिक्षक डिल्लीराम चौलागाँईले बताए । त्यसैगरी प्रदीप खनालले सञ्चालन गरेको हाम्रो कृषि फार्ममा समेत क्षति गरेको चौलागाँईले जानकारी दिए ।

बिर्तामोड– ७ का बासिन्दा हात्ती आतङ्कबाट आतङ्कित भएका छन् ।मानो खाएर मुरी उब्जाउन दिनभरि खेतमा काम गरेका कृषक रात परेपछि जागै बस्नु पर्ने बाध्यतामा छन् । भाँच्न बाँकी रहेको मकै, फलफूल केरा सबै खाएको साथै रोप्ने बेला भएको बीउ समेत हात्तीले सखाप पारेको स्थानीय किसानहरूले बताएका छन् ।

२०८० असार २४, आईतवार प्रकाशित 1 Minute 187 Views

ताजा समाचार