२०८० आश्विन १५ सोमबार

फुटबल खेल्ने क्रममा घाइते भएकी झापाकी तमन्नाको मृत्यु

झापा । फुटबल खेल्ने क्रममा घाइते भएकी झापाकी एक बालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका- ७ निवासी वीरबहादुर थापामगरको १५ वर्षीया छोरी तमन्ना थापामगरको मृत्यु भएको हो । केही समय अघि फुटबल खेल्ने क्रममा बालिकालाई तमन्नालाई चोट लागेको थियो।

त्यसपछि उनी उपचारपछि पुनः ठिक भई पोखरामा पढ्नका लागि गएकी थिइन् । उनी घर आएपछि पुनः बाथरुममा लडेकी थिइन् । लडेपछि सामान्य देखिएकी उनलाई त्यसपछि ज्वरो आएको थियो। उनको शुक्रबार राती करिब २ बजे उपचार गर्न लाने क्रममा बाटैमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

२०८० असार २३, शनिबार प्रकाशित 1 Minute 350 Views

ताजा समाचार