झापा । फुटबल खेल्ने क्रममा घाइते भएकी झापाकी एक बालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका- ७ निवासी वीरबहादुर थापामगरको १५ वर्षीया छोरी तमन्ना थापामगरको मृत्यु भएको हो । केही समय अघि फुटबल खेल्ने क्रममा बालिकालाई तमन्नालाई चोट लागेको थियो।
त्यसपछि उनी उपचारपछि पुनः ठिक भई पोखरामा पढ्नका लागि गएकी थिइन् । उनी घर आएपछि पुनः बाथरुममा लडेकी थिइन् । लडेपछि सामान्य देखिएकी उनलाई त्यसपछि ज्वरो आएको थियो। उनको शुक्रबार राती करिब २ बजे उपचार गर्न लाने क्रममा बाटैमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



