२०८१ कार्तिक २० मंगलवार

कोशी प्रदेश सभा सदस्य बजगार्ईँले ल्याइन् ९ करोड बढीको बजेट

मेचीनगर, २३ असार । कोशी प्रदेश सभा सदस्य सबिना बजगार्ईँले आफ्नो क्षेत्रमा ९ करोड बढीको योजना ल्याएकी छन् ।

शनिबार मेचीनगर-१३ चारआलीस्थित होटल मान्द्रोमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद बजगाँईले आफ्नो क्षेत्रमा सो योजना ल्याउन सफल भएको बताइन् । उनले आ.व. २०८०/८१ का लागि कोशी प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी ९ करोड ५६ लाख २७ हजार रुपैँयाको बजेट ल्याएको बताइन् ।

प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक दल, वडाध्यक्ष र संघ-संस्थासँग समन्वय गरेर आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा बजेट पारेको उनको भनाई छ ।

सांसद बजगाईँले संसद विकास कोषबाट छुटेका योजनालाई सम्बोधन गर्ने सोचमा रहेकोसमेत जानकारी दिइन् । उनले भनिन्,‘धेरै योजना मध्ये यातिको बजेट रातो कितावमा उल्लेख गर्न सफल भएको छु । आगामी दिनमा वजेट आवश्यकतालाई मध्यनजर गर्दै थप पहल गर्नेछु ।’ उनले उर्जा, जलश्रोत, सिंचाईँमा २ करोड २६ लाख ५० हजार, पर्यटन, वन तथा वातावरणमा एक करोड २५ लाख रकमको योजना पार्न सफल भएको बताइन् ।

त्यसैगरी भौतिक पूर्वाधार विकासमा तीन करोढ ७२ लाख, उद्योग कृषि तथा सहकारी क्षेत्रलाई सशर्त अनुदान ६० लाख, समाजिक विकासमा २८ लाख, आर्थिक मामिला तथा योजनामा एक करोड १६ लाख ५६ हजार रकम ल्याएको बजगाइँको भनाई छ ।

पत्रकार भेटघाटमा नेकपा एमालेकि नेतृ रेणुका डाँगी, नेपाली कांग्रेसका लक्ष्मी घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा योजनाका विषयमा राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्तोलाले प्रष्ट पारेका थिए ।

२०८० असार २३, शनिबार प्रकाशित 1 Minute 205 Views

ताजा समाचार