इलामको पशुपतिनगर नाका ७२ घण्टाका लागि शील

इलाम । इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । दार्जीलिङ, मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने पशुपतिनगर नाका बिहीबार साँझ ५ बजेदेखि शील गरिएको हो ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल-भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । दार्जिलिङमा जुलाई ८ तारिखमा उक्त निर्वाचन हुन लागेको हो । जुलाई ८ को बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

२०८० असार २२, शुक्रबार प्रकाशित 1 Minute 516 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/