इलाममा श्रीमतीकाे हत्या गरी श्रीमानले गरे आत्महत्या

इलाम । इलामको माइजोगमाई– २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्। बिहीबार राति माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षिया राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खतिवडाका दुई श्रीमती थिए। कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पिताम्बरले राति १०.३० बजे जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। राधिकाको अनुहार र टाउकोमा चोट देखिएको छ ।

पिताम्बरको शव जेठी श्रीमती राधिकाको घरदेखि सय मिटर उत्तर बारीको रुखमा प्लाष्टिकको डोरीले झुन्डिएर आत्महत्या गरेको अबस्थामा बिहान ४ बजे फेला परेको प्रहरी निरीक्षक सुवेदीले बताए । कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

२०८० असार २२, शुक्रबार प्रकाशित 0 Minutes 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/