२०८१ माघ ६ आईतवार

कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलाद्वारा जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण

झापा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्लाको विभिन्न प्रहरी कार्यालयहरुको आकस्मिक निरीक्षण तथा अनुगमन गरेका छन् ।

आकस्मिक निरीक्षणको क्रममा उनले इलाका प्रहरी कार्यालय अनारमनी, काँकरभिट्टा र विपद व्यवस्थापन गुल्म चन्द्रगढीको निरीक्षण गरेका थिए ।

सोही क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने विभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसारपसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र बाढी पहिरो जस्ता विपदको समयमा उद्धार कार्यको लागि तयारी अवस्थामा रहन निर्देशन छन् ।

२०८० असार २१, बिहीबार प्रकाशित 1 Minute 325 Views

ताजा समाचार