झापामा ५० हजार चालक कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ महिनामा ५० हजार भन्दा बढी सवारी र तिनका चालकलाई कारबाही गरेको छ । नियम पालना नगर्ने सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।

चालु आर्थिक वर्षको जेठ महिनासम्म ५० हजार तीन सय सवारी साधन र तिनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।

सवारीको स्वरूप बिगार्ने, मापसे गरेर चलाउने, नियम उलङ्घन गर्ने, सवारी चालक अनुमति पत्र विना चलाउने लगायतका विषयमा ट्राफिक प्रहरीले चालकमाथि कारबाही गरेको छ ।

सवारी र तिनका चालकमाथि कारबाही गरेर झापा ट्राफिक प्रहरीले तीन करोड ४५ लाख १४ हजार रुपैयाँ जरिवाना तिराएको छ । मापसे गरेर सवारी चलाउने चालकबाट मात्रै १९ लाख रुपैयाँ जरिवाना असुल भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

२०८० असार २०, बुधबार प्रकाशित 0 Minutes 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/