२०८० आश्विन १० बुधबार

गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

गौरीगञ्ज । गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका- ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधवार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा  बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो । घाइते हुनेहरूमा सोही ठाउँका मजेबुल आलमको १६ वर्षीय छोरा मनिजुर आलम र देश भारत फूलबारी घर भई हाल सोही ठाउँ बस्दै आएका २० वर्षीय शिकन्दर आलम रहेका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८० असार २०, बुधबार प्रकाशित 1 Minute 98 Views

ताजा समाचार