२०८१ बैशाख ८ शनिबार

राष्ट्रिय राजनीतिमा दुई ध्रुवीकरणको सम्भावना : महामन्त्री शर्मा

झापा, १६ पुस । नेपाल काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रिय राजनीतिमा दुई ध्रुवीकरणको सम्भावना रहेकाे बताएका छन् । झापाकाे भद्रपुर- १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा दुई ध्रुवीकरणको सम्भावना रहेकाे बताएका हुन् ।

महामन्त्री शर्माले अबको नेपाली राजनीति बामपन्थी र गैरबामपन्थी दुई ध्रुवमा बाँडिन सक्ने आशंका गरेका छन् । उनले गठबन्धन टुट्न नहुने थियो भन्दै गठबन्धन टुटिसकेपछि अब दुई धुर्वमा ध्रुवीकरण हुनसक्ने बताएका हुन् । वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको उनले बताए । शर्माले कार्यक्रममा आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था संगठन शुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका साथ संगठन निर्माणका लागि अवसर भएको बताए ।

कार्यक्रममा कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, सुशिला ढकाल, जिल्ला सभापति देउमान थेबे, जिल्ला उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व जिल्ला उपसभापति रामबहादुर कट्टेल, प्रजातान्त्रिक प्राध्यापक संघका उपाध्यक्ष मदन कट्टेलले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष मोहनसिंह कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत भूमादेवी घिमिरेले गरेकी थिइन् भने सञ्चालन देवेन्द्र गौतमले गरेका थिए ।

२०७९ पुष १६, शनिबार प्रकाशित 1 Minute 277 Views

ताजा समाचार