२०८१ बैशाख १२ बुधबार

प्रदेश १ : झापाबाट २० सांसद, तीन दलका नेता

प्रदेश १ सभामा सबैभन्दा धेरै सांसद पठाउने जिल्ला बनेको छ झापा । जहाँका तीन जना सांसद संसदीय दलको नेता समेत बनेका छन् ।

झापा । प्रदेश १ सभामा झापा जिल्लाबाट मात्रै २० सांसद छानिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा झापाबाट सबैभन्दा बढी २० जना प्रदेश सांसद बनेका हुन् । यस्तै, प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलमध्ये झापाका तीन जना सांसद दलको नेतामा चयन भएका छन् ।

झापाबाट निर्वाचित सबैभन्दा ठूलो दल एमालेका हिक्मत कार्की, प्रमुख प्रतिपक्षी बन्ने कांग्रेसका उद्धव थापा, राप्रपाका भक्तिप्रसाद सिटौला दलको नेतामा निर्वाचित भएका हुन् ।

समानुपातिकमा एक जना प्रदेश सांसद प्राप्त गरेको जनता समाजवादी पार्टीकी निर्मला लिम्बुको पनि बसाइ झापामै रहेको छ ।

माओवादी केन्द्रको दलको नेतामा पाँचथरबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी)को दलको नेता भने चयन हुन बाँकी रहेको तर उक्त दलको नेतामा भोजपुरबाट निर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राई हुने सम्भावना अधिक रहेको प्रदेश सांसदहरुको भनाइ छ ।

झापाबाट निर्वाचित प्रदेश सांसदहरुमा एमालेका एकराज कार्की, तिलकचन पाठक, छविलाल चुडाल, राधाकृष्ण खनाल, हिक्मत कार्की, होमबहादुर थापा, कांग्रेसका गोपाल तामाङ, भूमिप्रसाद राजवंशी र राप्रपाका सविना बजगाइँ र भक्तिप्रसाद सिटौला छन् ।

समानुपातिकतर्फ निर्वाचित भएकामा राप्रपाका निमसरी राजवंशी, अम्बरबहादुर विष्ट, गोपालबहादुर विश्वकर्मा, एमालेका नम्बरलाल धिमाल, कमला थापा मगर, तारादेवी ढकाल, कांग्रेसका लखिकुमारी गणेश, उद्धव थापा, मोहन महर्जन र माओवादी केन्द्रका बन्दना झाँगर छन् ।

२०७९ पुष १५, शुक्रबार प्रकाशित 0 Minutes 239 Views

ताजा समाचार