नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दल नेतामा उद्धब थापा निर्वाचित भएका छन्।
पार्टीको प्रदेश नम्बर १ सभापतिसमेत रहेका प्रदेश सभा सांसद थापाले १८ मत ल्याएर विजयी भएका हुन्।

उनी समानुपातिकतर्फबाट प्रदेश सभा सांसद बनेका थिए। उद्धव नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्।
अर्का उम्मेदवार केदार कार्कीले ९ मत ल्याए भने अमृत अर्यालले २ मत मात्रै पाएका छन्। कार्की नेता शेखर कोइराला पक्षका हुन् भने अर्याल सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
संस्थापन पक्षबाट २ जना र संस्थापनइतर समूहबाट १ जना गरी संसदीय दल नेतामा ३ जना उम्मेदवार थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



