२०८१ फाल्गुन ३ शनिबार

सरुवा, काज बहानामा मन्त्रालय र विभाग नधाउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई सरुवा, काज र अरू कुनै बहानामा मन्त्रालय र विभाग नधाउन निर्देशन दिएको छ ।

सोमबारको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय र विभाग धाउने कार्यलाई नियन्त्रण गर्न स्थानीय तहहरूलाई निर्देशन दिइएको हो ।

“स्वास्थ्य सेवाका कर्मचारीहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिई नियमित रूपमा बिरामीको उपचारमा संलग्न हुनुपर्ने जिम्मेवारी भएकाले सरुवा, काज वा अन्य कुनै पनि बहानामा मन्त्रालय/विभाग आउने कार्यलाई स्थानीय तहको नेतृत्वले नियन्त्रण/निगरानी गर्नुहुन,” मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

मन्त्रालयले सोमबार सबै स्थानीय तहलाई पत्राचार गर्दै सातबुँदे निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ

२०८० असार ५, मंगलवार प्रकाशित 0 Minutes 169 Views

ताजा समाचार